सुर्खेत, ७ जेठ । सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । थप १६ जना घाइते भएका छन् । मृतकको सनाखद हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
दैलेखको बाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनी बस सुर्खेतको वीरेन्द्रनगर नजिकै दिउँसो साढे १ बजेतिर दुर्घटनामा परेको थियो । घाईतेको सुर्खेतका अस्पतालहरुमा उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार