२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौ, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध नागरिकता किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो । धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको बताएका हुन ।

उहाँका अनुसार नागरिकतासम्बन्धी मुद्दामा उनलाई पक्राउ गर्न अदालतले आज अनुमति दिएको हो । उनको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्को सँग मिलेको आरोप छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस