२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

साधुले त्रिशूल प्रहार गर्दा वडाध्यक्ष घाइते

दाङ, ८ जेठ । राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंकबहादुर विष्टमाथि मंगलबार एक साधुले त्रिशूल प्रहार गरेका छन् । राजपुर–६ खयर भट्टी निवासी २० वर्षीय साधु विजय नेपालीले वडा कार्यालयमा पुगेर वडा अध्यक्ष विष्टलाई त्रिशूल प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार साधु नेपाली ५ नम्बर वडाको कोरिया गाउँको जंगलमा रहेको बाबाकुटीमा केही महिनायता बस्दै आएको र उक्त स्थानमा भण्डारा लगाउने भन्ने विषयमा विवाद भएपछि वडा अध्यक्ष विष्टमाथि त्रिशूल प्रहार गरेको बुझिएको छ । वडा अध्यक्ष विष्टको दाहिने कोखामा चोट लागेको र अहिले उपचारका लागि लमही अस्पतालमा भर्ना गरिएको छ ।

त्रिशूल प्रहार गर्ने साधु नेपालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जनकारी दिइन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस