२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

२५६८ औं वुद्व जयन्तीको अवसर विप प्रज्वलन

दाङ, १० जेठ । लाइन्स क्लब अफ दाङ क्यापिटलको आयोजनामा दिप प्रज्वलन गरिएको छ । २५६८ औं वुद्व जयन्ती को अवसर पारी दाङ तुलसीपुर को विपि चोक मा दिप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो । 

सो अवसरमा बोल्दै लाईन्स क्लब अफ दाङ क्यापिटलका निवर्तमान अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि हिमाल डाङ्गीले गौतम वुद्व नेपालमै जन्मिएको र वुद्वकै कारणले नेपाल विश्वभर चिनेको कुरा व्यक्त गरेका थिए ।

त्यस्तै लाईन्स क्लबका पुर्व अध्यक्ष सुरेश हमालले कार्यक्रममा बोल्दै “गौतम वुद्वले समाजमा थुप्रै राम्रा कामहरू गरेका छन, ती उनले गरेका कामहरु को ५०% मात्र अहिलेका युवाहरुले सिको गर्ने हो भने समाज परिवर्तनमा ठूलो टेवा पुग्ने छ ।” धारण राखेका थिए । 

उक्त कार्यक्रममा Lc दाङका अध्यक्ष गोरखा वलि, Lc दाङका सचीव कमल डाङ्गी, Lc दाङका कोषाध्यक्ष विजय गिरी, शिक्षक शिव प्रसाद शर्मा, Lco का पुर्व अध्यक्ष निर्मल खड्का, लगायतको उपस्थित रहेको थियो । क्लवका अध्यक्ष दिपक के सिको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश भुसालले गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस