२०८१ चैत्र १० गते आइतवार | 2025 March 23rd Sunday

पुरन्धारा छहरामा डुबेर एक युवकको मृत्यु

दाङ, २० जेठ । दाङको पुरन्धारा छहरामा डुबेर एक युवकको मृत्यु भएको छ । छहराको तालमा पौडी खेल्ने क्रममा डुबेर  तुलसीपुर उपमहानगरपालिका ४ बनहरीका ३० वर्षीय दीपक न्यौपानेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग थापाले जानकारी दिएका छन । 

उनी साथीहरूसँग छहरामा पिकनिक खान गएका बेला  शनिवार मध्यान्ह साढे ४ बजेतिर छहराको तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । घटना बारे अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।  

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस