
गुल्मी, २१ जेठ । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । दुर्घटनामा परेर सत्यवती गाउँपालिका वडा नम्बर ८ भार्से निवासी ३२ वर्षकी कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएका छन ।
सोमबार बिहान कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ ओक्याङमा चन्द्रकोटबाट पुर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको जिप दुर्घटना भएको थियो । जिपमा ८ जना सवार थिए ।
प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते सोमवार