रुकुम, २४ जेठ । रुकुम पश्चिममा भिरबाट लडेर शिक्षकको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका १० पेउघास्थित बाल कल्याण माध्यमिक विद्यालय टोड्केका शिक्षक भद्रबहादुर खड्काको मृत्यु भएको हो । खड्का बुधबार अपराह्न विद्यालयबाट फर्किँदै गर्दा घर नजिकैको भिरबाट लडेको विद्यालयका प्रधानाध्यापक खम्बबहादुर केसीले जानकारी दिएका हुन ।
लडेर गम्भीर घाइते भएका खड्कालाई उपचारको लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो । अस्पताल पुर्याउनासाथ उहाँलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । २०५३ सालदेखि शिक्षण पेशामा रहनु भएका उनि हाल बाल कल्याण मावि टोड्केमा प्रावि स्थायी शिक्षक थिए ।
प्रकाशित मिति : २०८१ जेष्ठ २४ गते बिहिवार