२०८१ असोज २० गते आइतवार | 2024 October 6th Sunday

ढल निर्माणका क्रममा पुरिएर तीन जना महिला मजदुरको मृत्यु

दाङ, ३२ जेठ । नवलपरासीको कावासोतीस्थित फलफुल चोकमा ढल निर्माणका क्रममा पुरिएका तीन जना महिला मजदुरको मृत्यु भएको छ । पुरिएर बेहोस भएका दुई जना महिलालाई अस्पताल लगिएकोमा उनीहरूलाई जिल्ला अस्पताल डण्डाका चिकित्सहरूले मृत घोषणा गरेको प्रहरीले बताएको छ । 

मृत्यु हुनेहरुमा कावासोतीकै तानमाया गाहामगर र सोती राना रहेका छन् । त्यस्तै माटोले पुरिएकी अर्की महिला चमेली दलार्मीको शव फेला परेको छ । माटो पन्छ्याएपछि उनको शव फेला परेको हो । 

पूर्व–पश्चिम राजमार्गको नाला खन्ने क्रममा उनीहरू पुरिएका हुन् । सुरक्षाको व्यवस्था नगरी मजदुरहरू जोखिमपूर्ण काम गर्न बाध्य रहेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस