२०८३ असोज १६ गते शुक्रवार | 2026 October 2nd Friday

दाङमा चट्याङ लागेर १० वर्षिय बालकको मृत्यु

दाङ, १० असार । दाङमा चट्याङ लागेर १० वर्षिय बालकको मृत्यु भएको छ । बेलुका करिब ६ बजेतिर घरको आगनमा बसेर मोबाइल चलाई रहेको अवस्थामा नजिकै रहेको भाँडा राख्ने ‌र्यागमा चट्याङ पर्दा १० वर्षिय बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिएका छन । 

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ खाद्रे बस्ने बिक्रम बिकका १० वर्षिय छोरा सुबास बिक रहेका छन् । सुवासलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको लागि ल्याएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०८१ असार १० गते सोमवार
प्रतिक्रिया दिनुहोस