२०८१ चैत्र १० गते आइतवार | 2025 March 23rd Sunday

दाङमा लागुऔषध अफिमसहित तिन जना पक्राउ

दाङ, ११ असार । दाङको तुलसीपुरमा अबैध लागुऔषध अफिमसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पश्चिमको आठविसकोट नगरपालिका–३ का ४० वर्षीय टेक बहादुर बोहरा, आठविसकोट–२ का ४५ वर्षीय मन कुमारी बोहरा र मुसिकोट नगरपालिका–६ का ३० वर्षीय मोहन पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जाकारी दिएका छन ।

उनका अनुसार तुलसीपुर ८ शुभबिहानी टोलस्थित कोठा भाडामा बस्ने लक्ष्मि बोहराको कोठामा १३ किलो अफिम लुकाएर रोखेको भन्ने गोप्य सूचनाका आधारमा गएको प्रहरी टालीले सो परिमाणको अफिमसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०८१ असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस