काठमाडौ, १२ असार । अर्घाखाँचीको सन्धिखर्कमा खोलामा डुबेर बालिकाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका -१२, टाकुरा निवासी ताम बहादुर मुखियाकी ८ वर्षीया छोरी असु मुखियाको जहरे खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिएका छन ।
पौडी खेल्ने क्रममा डुबेपछि उनलाई जिल्ला अस्पताल अर्घाखाँची पुर्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति : २०८१ असार १३ गते बुधवार