२०८३ असोज २२ गते बिहिवार | 2026 October 8th Thursday

मिड वेस्ट पोइन्ट एकेडेमी शान्तिनगरले गर्‍यो एनसिसि तालिम कार्यक्रम

दाङ, १५ असार । दाङको शान्तिनगरमा नेपाली सेनाको जुनियर डिभिजन एनसिसि तालिमको प्रथम प्रवचन कार्यक्रम सुरु भएको छ । रण सिंह दल गण भरतपुर दाङको आयाेजनामा शान्तिनगर ७ खैरेनीमा रहेको मिड प्वाइन्वट एकाडेमीमा कार्यक्रम भएको हो । निशुल्क रुपमा तालिम लिइ विद्यार्थीहरुलाई भविष्यमा नेपाल आर्मी, नेपाल प्रहरी, विदेश भ्रमण, विभिन्न कार्यक्रममा सहभागीताका लागि सहज हुनेे उदेश्यले तालिमको आयाेजना गरिएको जनाईएकाे छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवोध कुमार डाँगीको अध्यक्षता तथा रण सिंह दल गण भरतपुर दाङका सेनानी थमन गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एकाडेमीका प्रिन्सिपल विर बहादुर घर्तिले बिधार्थिहरुकाे उज्वल भबिश्य को कामन गरेका थिए ।

तालिमको प्रशिक्षकमा सुरेन्द्र शाही, दिपक सिंह दोवाल र महिला प्रशिक्षकमा लक्ष्मी श्रेष्ठ रहनु भएको छ । तालिमका लागि १८ जना छात्रा र १८ जना छात्र गरी ३६ जना छनोट भएका छन् । तालिमको अवधि आजदेखि आगामी मंसिरसम्म रहने छ ।

कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक तथा कार्यक्रम संयोजक पूर्ण बोहोराले गरेका थिए । यसैविच विद्यालयले गत चैतमा लिइएको एसइइमा सहभागी भएर कक्षा १० उतीर्ण गरेका ४९ जना विद्यार्थीहरुलाई सम्मान तथा विदाई गरिएको थियो ।

प्रकाशित मिति : २०८१ असार १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस