२०८३ बैशाख १३ गते आइतवार | 2026 April 26th Sunday

पहिरोले घर पुरिँदा जाजरकोटमा एक बालकको मृत्यु

काठमाडौ, १७ असार । पहिरोमा परी जाजरकोटमा एक जना बालकको मृत्यु भएको छ । भेरी नगरपालिका–५ इबरका रमेश विकका ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो ।

गएराति परेको अविरल वर्षापछि आएको पहिरोले घर पुर्दा ती बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी रमेश पनि घाइते भएका छ्न । उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । परिवारका अन्य ४ सदस्य भने सकुशल रहेका छन् ।

प्रकाशित मिति : २०८१ असार १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस