काठमाडौ, ४ साउन । धनकुटा नगरपालिका-१ सुकेपोखरीमा बस र ट्याङ्कर जुध्दा ११ जना घाइते भएका छन् । दमकबाट संखुवासभाको धर्मदेबी जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर बिहान करिब ११:३० बजेको समयमा धनकुटा-१ सुकेपोखरिमा एक अर्कामा ठोक्किएका हुन् । बस र ट्याङ्करको अगाडि भागमा क्षती भएको छ ।
दुर्घटनामा परी संखुवासभाको धर्मदेवी – ३ की १४ वर्षीया संगिता पौडेल, धर्मदेवी – ६ का ३२ वर्षीय निराजन बस्नेत, ३१ वर्षीय मेनुका पौडेल र ५४ वर्षीय विष्णु श्रेष्ठ, धर्मदेवी – ८ की ६६ वर्षीया मनमाया बसेल, २० वर्षीय अनोज कार्की र ३८ बर्षिया देवी परियार घाइते भएका छन् ।
त्यस्तै मोरङको बेलबारी -२का ७० बर्षिया मान ब. विस्वकर्मा, सुनसरी ईटहरिका का ६५ बर्षिया दुर्गा कार्कि, छथर जोरपाटी हातिखर्ककी ९ बर्षिया आरोही र तेह्रथुम लालिगुराँस नगरपालिकाका -८ कि ३७ बर्षिया कल्पना बिस्वकर्मा घाईते भएको प्रहरिले जनाएको छ ।
घाईतेहरुको उपचार जिल्ला अस्पताल धनकुटामा भईरहेको छ भने घाईतेहरुको अवस्था कसैकोपनि जटिल नरहेको अस्पतालले जनाएको छ ।