रोल्पा, ६ साउन । रोल्पामा एक युवकको गएराति चक्कु प्रहार गरि हत्या भएको छ । रोल्पाको रोल्पा नगरपालिका – ४ खाद्यटोलमा ग्यारेज संचालन गर्दै आएका २८ बर्षीय शनि भनिने सुनिल पुनको चक्कु प्रहार बाट हत्या भएको हो ।कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिका – २ घर भएका पुनले रोल्पामा ग्यारेज संचालन गर्दै आएका थिए ।
पुरानो रिसिबी साँध्न शनिबार राति ९ बजेतिर एक समुहले पुनमाथि चक्कु प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले फरककोणलाई बताए । घाइतेको जिल्ला अस्पताल रेउघा उपचारका क्रममा मृत्यु भएको थियो । पुनमाथि चक्कु प्रहार गर्नेहरुको पहिचान भइ सकेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने तयारी गरि रहेको छ । त्यसक्रमा अर्का एक जनाको हातमा पनि चक्कु लागेको छ भने अर्का एक जनाको टाउकोमा हेलमेट लगाएतको प्रहार बाट सामान्ने घाउ चोट लागेको प्रहरीले जानकारी दिएको छ ।