दाङ, ७ साउन । गुरु पूर्णिमाको अवसरमा दाङ शान्तिनगर ७ खैरेनी मा रहेको मिड वेस्ट प्वाइन्ट एकेडेमीमा विविध कार्यक्रम गरिएको छ । कक्षा ९/१० का विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा गुरुहरु प्रति श्रद्धा भाव झल्कने विभिन्न क्रियाकलापहरु गरेका थिए । त्यस्तै उनिहरुले आफ्नो विद्यालय पठन पाठन खेल्कुद र अन्य सबै कुरा मा उत्कृष्ट हुँदै आएको बताएका थिए । उनिहरुले गुरुप्रती श्रद्धा भाव प्रकट गर्दै गुरुहरुलाई टीका लगाईदिएर केक फलफुल डेरीमिल्क लगायतका परिकार खान दिएका थिए भने गुरुहरु बाट आशिर्वाद ग्रहण गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रतियोगिताहरु राखेका थिए । त्यस्तै गुरु प्रतिको श्रद्धा भाव झल्कने विभिन्न नृत्य, गीत, कविता, प्रस्तुत गरेका थिए । मिड वेस्ट प्वाइन्ट एकेडेमीका प्रमुख वीर बहादुर घर्ती को अध्यक्षता कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालयका अध्यक्ष सुबोद कुमार डाँगी ले जीवनमा विभिन्न माध्यमबाट शिक्षा प्रदान गर्ने गुरुहरुको भूमिकाको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा जीवनमा गुरुको योगदानको बारेमा छात्रा युरिशा डाँगीले बोलेका थिए । कार्यक्रममा छात्र रन्जित बोहराको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन विद्यालयका छात्राहरु सन्जु भण्डारी र करुणा डाँगी गरेका थिए ।
गुरु पूर्णिमाको अवसरमा मिड वेस्ट प्वाइन्ट एकेडेमीमा विविध कार्यक्रम
प्रकाशित मिति : २०८१ साउन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस