दाङ, १४ साउन । दाङमा एक श्रीमानले फलामकाे रड प्रहार गरी श्रीमतीकाे हत्या गरेका छन् । राजपुर गाउँपालिका-१ रसरी खाेला निवासी ३८ वर्षीय गणेश घर्तीले फलामकाे रड प्रहार गरी श्रीमती ३७ वर्षीया बसन्ती घर्तीकाे हत्या गरेकाे अभियाेगमा प्रहरीले श्रीमानलाई घटनास्थलबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।
दुबै जना आइतबार बेलुका सँगै खाना खाएर काेठामा सुत्न गएका थिएक। तर बिहान अबेरसम्म घरकाे ढाेका नखुलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घरकाे ढाेका खाेलेर हेर्दा फलामकाे रडले टाउकाेमा प्रहारगरी श्रीमती हत्या गरेकाे, श्रीमान गणेशलाई फलामकाे रडसहित साेही काेठाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मदिरा सेवन गरेर श्रीमान-श्रीमतीकाे बीचमा यसअघि पनि झगडा हुने गरेकाे स्थानीयले बताएका छन् । प्रहरीले घटनाकाे बारेमा थप अनुसन्धान गरिरहेकाे जनाएको छ ।