२०८२ बैशाख ८ गते आइतवार | 2025 April 20th Sunday

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ, १४ साउन । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर घर भई हाल दाङको घोराही बस्ने पोक्सर बहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिएका छन । उनका अनुसार पोक्सर घोराहीमा फर्निचरको काम गर्दै आईरहेका थिए ।

 रा ३ प ७११४ नम्बरको मोटरसाइकलमा तुलसीपुरदेखि अमिलिया हुँदै लमहीतिर जादै गर्दा आज बिहान अमिलिया-लमही सडकखण्डको लमही नगरपालिका -८ असानीमा आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा गम्भीर घाइते भएका सुनारको लमही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८१ साउन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस