२०८२ जेष्ठ ४ गते शुक्रवार | 2025 May 16th Friday

गुरुकुल एकेडेमी तुलसिपुर द्धारा पठन संस्कृति अभियानको थालनि

दाङ, १६ साउन । गुरुकुल एकेडेमी तुलसिपुरले पठन संस्कृति अभियानको थालनि गरेको छ । एकेडेमीले पछिल्लो समयमा विद्यार्थिहरुमा गृहकार्य बाहेक अन्य पठन पाठनको काम हराउदै गएकोले यसको बिकासको लागि यो अभियानको सुरुवात गरेको प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिएका छन । बढ्दो संचार प्रबिधिका कारण घरमा रहेका बेला गृहकार्यलाई अतिआबश्यक ठानेर गर्ने त्यसबाहेको समयमा विद्यार्थिहरुको ध्यान मोबाइल तथा ल्याबटपको मात्र प्रयोग गर्ने गरेको कारणले विद्यार्थिहरुमा नकारात्मक असर पर्ने गरेको बताउदै शिक्षक तथा अभिभावकनै यसको जिम्मेवार हुने हुदा पहिलो चरणमा शिक्षकहरुबाट नै सुरुवात गरीएको छ । बालबालिकामा पठन संस्कृति हराउदै गएको आभास भएपश्चात् शिक्षकहरुमा पठन संस्कृति विकास गर्न गुरुकुल एकेडेमी तुलसिपुरमा अध्यापनरण शिक्षकहरुले महिनामा २ वटा पुस्तक पढिसक्ने र त्यो कुरालाई समुहमा छलफल गर्नुपर्ने हुन्छ । यस्तो गर्नाले शिक्षक संग प्रतक्ष्य सम्पर्कमा रहने विद्यार्थिहरुलाई अतिरीक्त पठन पाठन पनि गर्नु पर्छ र बिद्युतिय साम्रगि प्रयोग गर्नुहुदैन भन्ने कुराको बिकास हुन्छ । त्यस लगतै यो सस्कृति अभिभावक माझ पनि जाने छ । अभिभावकहरुले पनि आफ्ना बच्चा बच्चि संग बसेर महिनामा २ वटा पुस्तक पढ्नुपर्ने छ जसले गर्दा बालबालिकामा पनि आफ्ना पुस्तक पढ्ने बानिको बिकास हुन्छ । गुरुकुल एकेडेमी तुलसिपुरले थालेको यो अभियान अन्य बिद्यालय तथा अभिभावकले पनि सुरु गर्न जरुरी छ । 

प्रकाशित मिति : २०८१ साउन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस