२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

खोलाले अटो बगाउँदा दुई जना वेपत्ता

दाङ, १९ साउन । दाङमा खोलाले अटो बगाउँदा दुई जना वेपत्ता भएका छन् भने तिन जनाको सकुशल उद्धार गरिएको छ ।  

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुर-४ मा बेतने खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेका अन्दाजी ५५ वर्षका सीता आले र सुर्खेत घर भइ हाल तुलसीपुर-४ खाद्रेमै बस्ने अन्दाजी १७ वर्षका मन्जु खड्का वेपत्ता हुनुभएको हो । 

गएराति करिब सवा ८ बजेको समयमा तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटोलाई बेतने खोलाले बगाएको हो । 

अटोमा पाँच जना चढेको र चालकसहित तीन जना सकुशल उत्रन सफल भएको प्रहरीले जनाएको छ । 

अटो चालक तुलसीपुर-४ खाद्रे ४६ वर्षका हरिकिशन बिक, सोही ठाउँका अन्दाजी ३४ वर्षका सुनिता थापा र ७ वर्षका सुशान्त आले सकुशल उत्रन सफल हुनुभएको हो । वेपत्ताको अहिले पनि खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

स्थानीय कालाखोलाले अटो बगाउँदा वेपत्ता भएका चालकको भने सकुशल उद्दार गरिएको छ । तुलसीपुर-घोराही सडकखण्ड अन्तरगत तुलसीपुर-७ मा पर्ने कालाखोला गएराति करिब साढे ९ बजेतिर रा १ ह २३५७ नम्बरको अटो बगाएको हो । 

तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको अटोलाई बगाउँदा तुलसीपुर-७ पर्सेनीका २२ वर्षका अटो चालक दुर्गा बहादुर पुनलाई उद्दार गरि अस्पताल लगिएको वडा अध्यक्ष रामबहादुर जिसीले बताउनुभएको छ । पुनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस