दाङ, २० साउन । ज्ञानज्योति फाउण्डेशन यस वर्षदेखि विविए र विएस्सी सिएसआइटी सञ्चालन गर्ने भएको छ । फाउण्डेशनले विविए र विएस्सी सिएसआइटी सञ्चालनको लागि सम्बन्धन प्राप्त गरिसकेको छ । तुलसीपुर उपमहानगरपालिका –६ स्थित ज्ञानदीप कलेजले ४ वर्षे विविए र विएस्सी सिएसआइटीको अनुमति प्राप्त गरेको हो ।
पछिल्लो समय प्रविधिको विकाससँगै आइटी क्षेत्रमा विद्यार्थीहरुको माग र जनशक्ति आवश्यक भएबमोजिम फार वेष्टर्न विश्वविद्यालयबाट सम्बन्धन लिइ दुई कार्यक्रम सञ्चालन गर्न लागेको ज्ञानज्योति फाउण्डेशनका सिइओ तथा ज्ञानज्योति माविका प्रिन्सिपल सुरेन्द्र जिसीले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन । यसै वर्षदेखि सञ्चालन हुने यी कार्यक्रमहरु ४ वर्षमा ८ सेमेष्टर पढाइ हुने र नेपालभरिमै कम शूल्कमा पढाउने उनले बताएका हुन ।
कलेजका सिइओ जिसीले उच्च शिक्षा अध्ययनका लागि जिल्ला बाहिर जानु पर्ने अवस्थाको अन्त्य भएको बताएका हुन । ‘गुणस्तरीय र उच्च शिक्षा प्रदान गर्नको लागि विविए र विएस्सी सिएसआइटी कार्यक्रम सञ्चालनमा ल्याएका हौं ।’ उहाँले भन्नुभयो ‘लामो समयको प्रयासपछि सम्बन्धन प्राप्त गर्न सफल भएको र यो तुलसीपुरकै गौरवको विषय हो ।’
बिबिए पढ्नका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा ‘सी’ ग्रेट र बिएस्सी सिएसआइटी पढ्नका लागि सबै विषयमा कम्तीमा ५० प्रतिशत वा ‘सी’ ग्रेट प्राप्त गरेको हुनुपर्ने सिइओ जिसीले बताउनुभयो । फाउण्डेशनले यसवर्षदेखि उच्च शिक्षाका ६ वटा कार्यक्रम संचालन गर्ने उनले बताएका हुन ।
ज्ञानज्योति माविका भाइस प्रिन्सीपल मनोज केसीले आइटी क्षेत्रमा बढ्दो माग र जनशक्ति आवश्यक भएकोले दक्ष जनशक्ति उत्पादन गर्न बिएस्सी सिएसआइटी विषयको अनुमति प्राप्त गरेको बताएका हुन । त्यस्तै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, शिक्षाविद् विवि क्षेत्रीले बोलेका थिए भने कार्यक्रमको सञ्चालन सन्तोष केसीले गरेका थिए । उक्त अवसरमा कक्षा १२ को परिक्षामा विज्ञान शंकाय तर्फ पश्चिम दाङका मावि मध्ये उत्कृष्ट अंक ल्याउने ज्यान ज्योतिमा अध्ययरत शुसिल पराजुलीलाई सम्मान गरिएको थियो ।