काठमाडौ, २२ साउन । गुल्मीमा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका – १ बिसौनाका ६७ बर्षीय हुकुम विक, ६६ बर्षीय मसुरी विक, ४६ बर्षीय गोरे विक र साढे दुई बर्षीया बालिका रियन्सी विकको पहिरोमा परि मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी राजन भुजेलले फरककोणलाई बताए ।
बिहान ९ बजेतिर स्थनीय विष्णु विक र हुकम विकको घर माथि बाट झरेको पहिरोका कारण उनीहरुको मृत्यु भएको एसपी भुजेलले जानकारी दिए ।
पहिरो बारे प्रहरीलाई पौने ११ बजेतिर मात्रै स्थानीयले सूचना दिएको पनि उनले जानकारी दिएका थिए ।पहिरोले पुरेका ३१ बर्षीय विष्णु विक र उनकी श्रीमती २३ बर्षीय मुना विकको उद्धार गरिएको छ ।
प्रकाशित मिति : २०८१ साउन २२ गते मङ्गलवार