जाजरकोट, २२ साउन । जाजरकोटमा जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।जाजरकोट सदरमुकामबाट भेरी नगरपालिका–६ भ्यारे जान लागेको ग १ ज ७७११ नम्वरको बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
नगरपालिकाको वडा नम्बर ६ को गंज जङ्गलमा दुर्घटना भएको जाजरकोटका प्रहरी प्रमुखसमेत रहेका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
बोलेरो जिप दुर्घटना भएलगत्तै उद्धारका लागि घटनास्थलतर्फ प्रहरी गएको उनले बताए । घाइते १४ जनालाई जिल्ला अस्पताल जाजरकोटमा लगिएको उनले बताए ।
प्रकाशित मिति : २०८१ साउन २२ गते मङ्गलवार