दाङ, २४ साउन । तुलसीपुर ७ मा अवस्थित , दिव्य कुञ्ज एकेडेमीले सैद्धान्तिक ज्ञान संगसंगै अतिरिक्त ज्ञान र क्रियाकलापलाई विशेष जोड दिदै आएको छ । जस अनुसार आज विद्यालयले पाठ्यपुस्तकमा भएको एउटा विषय” नागरिकता शिक्षा “विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
बिद्यालयका प्रधानाध्यापक कुलानन्द अधिकारीको अध्यक्षता भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि ईलाका प्रशासन कार्यालय तुलसीपुरका शाखा अधिकृत जनक भण्डारी र नायब सुब्बा केशव राज अधिकारीले विद्यार्थीहरूलाई नागरिकताको उपयोगिता र महत्त्व विषयमा बुझाउनु भएको थियोे । कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको उक्त कार्यक्रममा सहभागीता रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले नागरिकता सम्बन्धि विभिन्न प्रस्न तथा जिज्ञासा राखेका थिए । सो कार्यक्रममा विशिष्ट अतिथि अधिकृत भण्डारीले विद्यालयहरुमा यस्ता चेतनामूलक कार्यक्रम नियमित हुन आवस्यक रहेको बताएका थिए ।
कार्यक्रममा स्वागत विद्यालयका सल्लाहकार एवम् शिक्षक डा . प्रेम योगिले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक पूर्ण के.सी. (मुस्कान) ले गरेका थिए ।