दाङ, २५ साउन । घोराही बाट आउँदै गरेको बस तुलसीपुरको ग्वारखोला नजिकै दुर्घटनामा परेको छ ।दुर्घटनामा परि तीन जना सामान्ने घाइते भएका छन् । घाइते हुनेमा बसका सहचालक घोराही उपमहानगरपालिका – १४ का २२ बर्षीय भुवन चौधरी, दंगीशरण गाउँपालिका – ५ की ६० बर्षीया प्रमी चौधरी, तुलसीपुर उपमाहनगरपालिका – १९ की रुचा कराला, तुलसीपुर – १४ की ३२ बर्षीया गीता बस्नेत घाइते भएका छन् । चालक भने फरार छन् ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घाइते सबैको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पातलमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्ने रहेको पनि प्रहरीले बताएको छ ।
शुक्रबार दिउँसो १२ : २० बजेतिर घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख १९५ नम्बरको बस तुलसीपुर – १९ ग्वारखोला नजिकै अनियन्त्रित भइ सडकको बाँया तर्फ पल्टिएको थियो । फरार चालकको खोजी भइ रहेको र सहचालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।