२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

शैक्षिक संगै आध्यात्मिक शिक्षामा जोड दिदै सगरमाथा वालवाटिका

दाङ, ३१ साउन । आध्यात्मिक शिक्षालाई यहाँ आफ्नो आफ्नो तर्कले बुझ्ने गरिन्छ । तर मानिसलाई असल नागरिक बन्न आध्यात्मिक शिक्षाले प्रेरित गर्छ । अझ भन्नी हो भने जीवनको मूल्य बुझाउँ र जगतलाई सही ढंगले हेर्न सिकाउँने आध्यात्मिक शिक्षा नै हो।  तर अहिले हाम्रो जुन शिक्षा प्रणाली छ, त्यसले बालबालिकालाई सफल बन्नुपर्छ  मात्र भन्ने गर्छ ।

आध्यात्मिक शिक्षाले मान्छेलाई अनुशासित मात्र होइन, आत्म-अनुशासित बनाउँदै कर्म र कर्तव्य बोधको बाटो तिर अग्रसर गर्दै सही र गलत छुट्याउने चेतना दिन्छ । सबैप्रति हार्दिकता र प्रेमले बाँच्न सिकाउँछ ।

यति मात्र हैन कुलत, कुसंगत, कुकर्म, कुदृष्टि जस्ता विकारबाट अलग गराउँछ । विनयी, विनम्रता, सद्भाव, सत्य जस्ता गुणहरुको विकास गरिदिन्छ । जसले गर्दा हाम्रा बालबालिकाहरु वास्तवमै सुन्दर जीवन बाँच्न सक्षम र प्रेरित हुन्छन ।

कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै सगरमाथा वालवाटिका इङलिस बोर्डिङ स्कुलले विद्यार्थीमा व्यवहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा चलनचल्तीका सीप सिकाउने कार्य गर्दै आइरहेको छ । यहाँ गाउँघर, समाजमा दैनिक प्रयोगमा आउने दुनाटपरी, बत्ती कात्ने जस्ता सीप सिकाउदै आइरहेको पाइन्छ जुन शिक्षा आधुनिकताको नाममा लोप हुदै गइरहेका छ्न । समाज संगै मानब जीवनमा अति नै आवस्यक कार्य भएको हुदा उक्त कार्यलाई संरक्षण र प्रबर्द्धनमा सगरमाथा स्कुल लागिपरेको छ ।

यस्तै सगरमाथा वालवाटिका इङ्लिस बोर्डिङका प्रिन्सिपल छवि कुमार ओलीले इगल खबरसँग कुरा गर्दै आज मान्छे सफल छन् तर सन्तुष्ट छैनन् , सम्पन्न छन् तर आनन्दित नभएको बताए । आज भोलि मानिसहरुले कसरी धन कमाउने भनेर त सिके तर, कस्तो जीवन बाँच्ने भनेर सिकेनन् । त्यसैले हिंसा, घृणा, इर्ष्या, लोभ, दूराचार जस्ता विकारले मान्छेलाई जीर्ण र खोक्रो बनायो भदै भोलिका दिनहरूमा यस्तो दुर्दशा नहोस् भनेर आफूहरुले आध्यात्मिक शिक्षालाई पनि जोड दिएको बताए ।

यस्तै सगरमाथा वालवाटिका इङ्लिश स्कुल परिवार तुलसीपुर ९ बेलुवा दाङले आज तुलसीपुर ६ रजौरा स्थित लक्ष्मी नारायण मन्दिरमा आफ्नो विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई आध्यात्मिकतामा जोड दिनको लागि महापुराणमा सरिक गराएको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस