२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

करेन्ट लागेर दाङमा एक जनाको मृत्यु

दाङ, ११ भदौ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज विहान आफ्नै गोठको छतमा फलेको लौका टिप्ने क्रममा नाङ्गो तारले करेन्ट लाग्दा घोराही उपमहानगरपालिका वडा नंम्बर १२ डाँडागाउँ निवासी ६८ वर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन । उनको शवलाई परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखीएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस