२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

बँदेलको आक्रमणबाट एक जना गम्भीर घाइते

दाङ,१९ भदौ । दाङमा बँदेलको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । बबई गाउँपालिका ७ मलई निवासी ३५ वर्षिय रेशम बाँठा मगर गम्भीर घाइते भएका हुन् । 

बारीमा मकै खान आएको बँदेल धपाउने क्रममा उनलाई आक्रमण गरेको प्रहरीले बताएको छ । बँदेलको आक्रमणबाट खुट्टा, हात, मुखमा चोट लागेको छ । घाइते मगरलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । बाँके राष्ट्रिय निकुञ्जका बँदेल मलईमा आएर बारीको मकै खाने गरेका छन् ।

प्रकाशित मिति : २०८१ भाद्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस