
दाङ,२१ भदौ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दुजमान भण्डारी ( वर्षात ) र एक स्थानीय बीच हात हालाहाल भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.७ को वडा कार्यलय खर्चवामा तीजको नाचगान भैरहेको समयमा वडा नं. ७ बस्ने जितेन्द्र एमसि र तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दुजमान भण्डारी ( वर्षात ) बिच हानाहान भएको ईलाका प्रहरी कार्यलय तुलसीपुरले जानकारी दिएको छ ।
यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना प्रमुख प्रकाश थापाले नाचगान भैरहेको समयमा दुई पक्ष बीच सामान्य विवाद भै हात हालाहाल भएको बताएका छन । उक्त घटनाको बारेमा दुई पक्षलाई छलफलको लागी भोलि बोलाइएको समेत जानकारी दिएका छन ।
प्रकाशित मिति : २०८१ भाद्र २१ गते शुक्रवार