२०८२ बैशाख ८ गते आइतवार | 2025 April 20th Sunday

सल्यान जिल्ला स्तरिय काभ्रा कप फुटबल प्रतियाेगिता हुदै

दाङ, २४ भदौ । सल्यान जिल्ला स्तरिय काभ्रा कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । काभ्रा फुटबल क्लब त्रीवेणी १ सल्यानको आयोजनामा त्रीवेणी ३ रिखे बजार खेल मैदानमा संचालन हुने प्रतियोगिता आउदो भदौ १२ गते देखि सुरु हुने क्लबका अध्यक्ष लेखनाथ महरले जानकारी दिएका हुन ।

फुटबल खेलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गर्न लागिएको प्रतियाेगितामा जिल्लाका १० बढी टिमको सहभागिता रहने अध्यक्ष महरले जानकारी दिएका हुन । असोज १२ देखी १७ गते सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद रु. एक लाख,कप,मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेता टिमले नगद रु.५० हजार रुपैयाँ, कप,मेडल तथा प्रमाणपत्र प्रदान गर्नेछ भने प्रतियाेगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी लाई ब्यक्तिगत बिधा बाट पुरस्कृत गरिनेछ । 

जसअनुसार बेष्ट प्लेयर हुने खेलाडी लाई नगद रु.३ हजार,ट्रफी प्रमाणपत्र प्रदान गरिने छन । बेष्ट किप्पर र हाई स्कोरर लाई नगद दुई/ दुई हजार,ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव तथा प्रतियोगिताका संयोजक पुष्पकमल विष्टले जानकारी दिएका हुन । 

असोज ५ गते सम्म टिम दर्ताका लागि अन्तिम समय सिमा तोकिएको प्रतियोगितामा सहभागि हुने टिमका लागि टिम दर्ता शुल्क रु.१० हजार रुपैयाँ राखिएको छ । यसैबिच प्रतियोगिताको तयारी लाई तिव्र पारिएको समेत आयोजकले बताएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस