बर्दिया, २ असोज । बर्दियामा धारिलो हतियार प्रहार गरि मध्य राति एक महिलाको हत्या भएको छ । हत्या आरोपी युवकलाई भाग्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको बारबर्दिया नगरपालिका – ५ तर्कापुरकी ३९ बर्षीया मीना थारुको हत्या आरोपमा बारबर्दिया – ११ का ४० बर्षीय पप्पु भनिने शिबप्रशाद थारु पक्राउ परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए । गएराति १२:२० बजेतिर शिब मीनाको घरमै गइ घाँटी र टाउकोमा प्रहार गरेका थिए ।
घाइतेलाई नगर अस्पताल जयनगरमा पु¥याउनासाथ चिकत्सकले राति साढे १२ बजेतिर मृत घोषणा गरेका थिए । हत्या आरोपी शिबलाई प्रहरीले राति नै बारबर्दिया – ५ सिटीबलेरी क्षेत्रवाट भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८१ असोज २ गते बुधवार