२०८३ असार ३० गते मङ्गलवार | 2026 July 14th Tuesday

प्रथम कुबेर बहादुर शाह स्मृति कप भलिबलको तयारी पूरा

दाङ, २ असोज । दाङको तुलसिपुरमा भोलि बिहिवार देखि सुरु हुने स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियाेगिता २०८१ को तयारी पूरा भएको छ । 

नेपाली काग्रेस तुलसिपुर नगर कार्यसमितिको आयोजना तथा फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङकाे प्राबिधिक ब्यबस्थापनमा अरनिको खेल मैदान तुलसिपुरमा संचालन हुन लागेको प्रतियोगिताको नेपाली काग्रेसका केन्द्रीय सदस्य,पुर्व मन्त्री माननीय दिपक गिरिले उद्घाटन गर्ने कार्यक्रम तय भएको नगर सभापती सुरेश हमालले जानकारी दिएका छन । 

प्रतियोगिताको औपचारिक उद्घाटन कार्यक्रम मध्याह्न १२ बजेका लागि तय गरिएको सभापति हमाल ले जानकारी दिएका हुन ।

तत्कालीन समयमा समग्र राप्ती अञ्चलकै खेलकुदको बिकास र बिस्तारमा अतुलनीय योगदान पुर्‍याउने खेलकुद क्षेत्रका हस्ती स्वर्गीय कुबेर बहादुर शाहको स्मृती तथा सम्झनामा 

नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगिताको आतिथ्य सत्कार,आर्थिक ब्यबस्थापन,प्रचारप्रसार, खेल मैदान तथा मञ्च निर्माण लगाएतका सबै तयारी पूरा गरिरेकोछ ।

३ दिन सम्म चल्ने प्रतियोगितामा दाङ लगाएत अन्य जिल्लाका १२ टिमको सहभागिता रहने प्राबिधिक ब्यवस्थापनको जिम्मा पाएको फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु यरिले जानकारी दिएका छन । 

प्रतियोगिताको बिजेता टिमले नगद एक लाख पाँच  हजार,कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः नगद ६५ हजार र ३५ हजार रुपैयाँ, कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएकोछ ।

त्यस्तै प्रतियाेगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडी लाई पुरस्कृत गरिनेछ । 

जसअनुसार बेष्ट प्लेयर हुने खेलाडिले तीन हजार पाँच सय, नगद ,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै बेष्ट सेटर, वेष्ट सर्भर, वेष्ट स्पाइकर,वेष्ट ब्लकर र वेष्ट लिब्रो लाई क्रमशः जनही दुई हजार पाँच सयका दरले नगद तथा ट्रफी,प्रदान गरिने आयोजक नेपाली काग्रेस तुलसीपुर नगर कार्यसमितिका सदस्य गोरख वलिले जानकारी दिएका छन । 

प्रतियोगिताका खेलहरु नकाउट प्रणालीका आधारमा खेलाईनेछ भने खेल तालिका टाईसिट बिहिवार बिहान ९ बजेका लागि तोकिएको आयोजकले जानकारी दिएकोछ । यसैबिच आयोजकले भोलि हुने प्रतियोगिताको उद्घाटन समारोहमा उपस्थितिका लागि भलिबल प्रेमी खेलाडी,खेलकुद सम्बद्ध संघ/ संस्था,राजनितिकदल,पत्रकार लगाएत सबैमा हार्दिक अनुरोध गरेकोछ ।

प्रकाशित मिति : २०८१ असोज २ गते बुधवार
प्रतिक्रिया दिनुहोस