दाङ, २९ असोज । दाङको बबई गाउँपालिकामा चक्कु प्रहारबाट एकजना युवाको मृत्यु भएको छ । मंगलवार बिहान भक्तपुर नगरकोट गाउँपालिका वडा न.१४ घर भइ हाल बबई गाउँपालिका वडा न ४ हापुरे बजारमा डोल्मा होटेल संचालन गर्दै आएका अनिल तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
२८ वर्षिय तामाङले आफै पेटमा चक्कु प्रहार गरेको प्रहरीले बताएको छ । गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याईएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
तामाङ हापुरेमा डोल्मा होटेल संचालन गर्दै आएका सोमार तामाङका छोरा हुन । प्रहरीले मृतक अनिलको बुबा सोमार तामाङ र दाजु पूर्ण तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।
प्रकाशित मिति : २०८१ असोज २९ गते मङ्गलवार