
दाङ, ६ मंसिर । द फोर्स लाहुरे ट्रेनिङ सेन्टर र स्वर्गद्वारी पार्किङ सेन्टर तुलसीपुर दाङले आयोजना गरिएको खुल्ला पुरुष भलिबलको उपाधि आयोजक स्वर्गद्वारी पार्किङ तुलसीपुरले हात पारेको छ ।
द फोर्स लाहुरे ट्रेर्निङ सेन्टर र स्वर्गद्वारी पार्किङ सेन्टरले तुल्सीपुर ९ दोघरेलेमा तीन दिनसम्म सञ्चालन गरिएको खुल्ला लाहुरे भलिबलको उपाधि आयोजक स्वर्गद्वारी पार्किङ सेन्टर तुलसीपुर दाङले LYC फारुला सल्यानलाई ३ , ० को सोझो सेट्ले पछि पार्दै उपाधी हात पारेको हो ।
त्यस्तै मा.वी ग्रेट अरनिकोले फेलोसीप लाहुरे ट्रेनिङ सेन्टर तुलसीपुरलाई ३,० को सोझो सेटले पछि पार्दै तेस्रो स्थान हात पारेको हो भने व्यक्ति गत बिदा तर्फ बेस्ट पिलेर स्वर्गद्वारी पार्किङ सेन्टर तुलसीपुरका खेलाडी कमल बुढाथोकीले पाएका थिए ।
उक्त खुल्ला भलिबल समापन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश खेलकुद विभाग प्रमुख तथा बक्सिङ सङ्घ दाङ जिल्ला कोषाध्यक्ष दिपक केसीले खेलकुद एउटा रमाइलोको लागि मात्र नभई राष्ट्रको पहिचानको रुपमा रहेको बताएका थिए ।
यस्तै केसीले राष्ट्र र समाज संगै विभिन्न विचारका मानिसहरूलाई एकरुपता बनाउन सक्ने माध्यम खेलकुद भएको भन्दै यस्ता क्रियाकलापले स्थानीय स्तरदेखि राष्ट्रिय स्तर सम्मका खेलाडी उत्पादन गर्न सकिने बताएका थिए । आज राज्यले गर्नुपर्ने यस्ता क्रियाकलाप विभिन्न संघसंस्थाले गर्नु स्वागतयोग्य कार्य भएको भन्दै आयोजक प्रति धन्यवाद समेत व्यक्त गरेका थिएका थिए ।
उक्त समापन कार्यक्रममा भलिबलका राष्ट्रिय रेफ्री तथा लेभल वान कोच दोर्ण चन्द , लायन्स क्लब अफ दाङ क्यापिटलका सचिव प्रकाश भुसाल , फेलोसिप लाहुरे ट्रेर्निङ सेन्टरका संचालक राजु यरी लगायतको सहभागी रहेको थियो ।
यस्तै प्रथम हुने टिमले रु.२०००० (बीस हजार) कप,मेडल तथा प्रमाणपत्र दोस्रो टिमले रु.१०००० (दस हजार) कप,मेडल तथा प्रमाणपत्र हात पारेका थिए भने तेस्रो हुने टिमले रु ५००० (पाच हजार) मेडल र प्रमाणपत्र हात पारेका हो ।