दाङ, १८ पुष । प्रेस सेन्टर नेपाल दाङको अध्यक्षमा जनक नेपाली चयन भएका छन् । दाङको घोराहीमा सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट नेपाली सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन भएका छन् । अधिवेशनबाट उपाध्यक्षमा जीवन नेपाली, महिला उपाध्यक्षमा पुष्पा पौडेल, सचिबमा दीपक बोहरा, सहसचिबमा सन्तोष डाँगी र गिरिराज नेपाली र कोषाध्यक्षमा दीपक ओली चयन भएका छन् । त्यस्तै सदस्यहरुमा वीरेन्द्र वली, लालसुर बिष्ट, सृजना विश्वकर्मा, मधुसूदन गिरी, तुलबहादुर कवँर मगर, आलोक भावुक, शान्तकुमार बुढा, टेकराज भण्डारी, नोखीराम बिक र अन्जना विश्वकर्मा रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माले नेपाली पत्रकारिताले २००७ साल, ०६२र६३ सालको जनआन्दोलनलगायतका परिवर्तनका कालखण्डमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै त्यो इतिहासलाई अबको पुस्ताको पत्रकारिताले पनि भूल्न नहुने बताए । प्रेस सेन्टर दाङका कार्यवहाक अध्यक्ष अनिता पोख्रेलको अध्यक्षतमा भएको कार्यक्रममा सहसचिव दीपक बोहराको स्वागत सहजीकरण सचिव जनक नेपालीले गरेका थिए ।