२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

मिडवेस्टका विद्यार्थीसंग प्रहरीकाे लागूऔषध सम्बन्धि सचेतना मुलक कार्यक्रम

दाङ, १६ माघ । ईलाका प्रहरी कार्यालय खिलतपुरले मिडवेस्ट प्वाइन्ट एकेडेमी शान्तिनगर – ७ खैरेनी दाङका विद्यार्थीसंग लागूऔषध नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

ईलाका प्रहरी कार्यालय खिलतपुर दाङको आयोजना तथा मिड वेस्ट प्वाइन्ट एकेडेमीको सहकार्यमा लागूऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम र्‍याली तथा कोणसभा गरि सम्पन्न गरिएकाे हाे । बढ्दो लागूऔषध नियन्त्रण विद्यार्थी मार्फत सचेतनामुल कार्यक्रम गरिएको विद्यालयका प्रिन्सीपल विर वहादुर घर्तीले बताएका छन । युवाहरुमा लागू औषध दुव्र्यसनीमा दिन प्रतिदिन फसिरहेको अवस्थामा विद्यार्थी मार्फत सबैलाई सचेत गराइएको उनले बताएका हुन । किताबमा पढेको कुरा व्यवहारमा लागु आवश्यक रहेको घर्तीले बताएका हुन । विद्यालयबाट सुरू गरिएकाे सचेतनामुलक र्याली रगैजा बजारमा आई काेणसभामा परिणत भएकाे थियाे । कार्यक्रममा शान्तिनगर गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष ओेपेन्द्र वहादुर रावत, इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख खिम वहादुर खड्का, शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख घनश्याम पाण्डे, विद्यालयका प्रिन्सीपल वीर वहादुर घर्ती, विद्यार्थी लगायत बाेलेका थिए ।

लागूऔषध सम्बन्धी विभिन्न सचेतनामुलक प्लेकार्ड सहित विद्यार्थी लागूऔषध नियन्त्रण सम्बन्धी नारा लगाएका थिए ।

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस