२०८३ असोज १ गते बिहिवार | 2026 September 17th Thursday

हिमाल रनिङ ट्रफी ब्लु हाउसलाई

दाङ, २८ माघ । हिमाल इन्टर हाउस खेलकुद सप्ताहको विजेता ब्लु हाउसले हिमाल रनिङ ट्रफी जितेको छ । विद्यालयको वार्षिक क्यालेन्डर अनुसार आयोजित सप्ताह व्यापी खेलकुद कार्यक्रममा १२ स्वर्ण, ९ रजत र ९ काश्य पदक हात पार्दै ब्लु हाउसले हिमाल ट्रफी २०८१ जितेको हो ।  त्यस्तै ग्रीन हाउस ८ स्वर्ण, ६ रजत, ८ काश्य पदकका साथ दोस्रो, रेड हाउस ४ स्वर्ण, ७ रजत, ४ काश्य पदक हात पार्दै तृतीय भयो, भने एल्लो हाउस ४ स्वर्ण ,४ रजत र ५ काश्य पदक साथ सान्त्वना भएको विद्यालयका भ्वाइस प्रिन्सिपल ए मुकेश कुमारले जानकारी दिएका हुन ।

त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने प्लस टु छात्रा तर्फ स्मृति चौधरी, छात्रमा दिनेश चौधरी, मावि छात्रा तर्फ रेणुका चौधरी, छात्रमा बाबुराम चौधरी, निमावि छात्रा तर्फ आयुष्मा वली र छात्रमा प्रनिश बिष्ट सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन । विद्यालयका प्रिन्सिपल मधुसुन केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य मुक्तिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  विद्यार्थीहरूले विभिन्न भेषभुषा कला सङ्कृति झल्कने नृत्य, मार्सल आर्ट तेक्वान्दो खेलको प्रदर्शन गरेका थिए । सो अवसरमा विजेता हाउस तथा खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि , अतिथिले पुरस्कार, मेडल प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक शनोद थापाले गरेका थिए ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस