दाङ, १५ बैशाख । दाङको तुलसीपुरबाट फरार रहेको प्रतिवादी ९ बर्ष पछि पक्राउ परेका छन । सोमबार दिउँसो १ बजे तुलसीपुर-६ गुम्राह चोकबाट पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य राणाले जानकारी दिएका हुन । उनका अनुसार तुलसीपुर-१५ मलवार निवासी ३६ बर्षिया कृष्ण बहादुर चौधरी पक्राउ परेका हुन । चौधरीले चलाएको बसले स्कुटीलाई ठक्कर दिँदा स्कुरका चालकको मृत्यु भएको अभियोगमा फरार रहेका थिए ।
सह-चालक कृष्ण बहादुर चौधरीले चलाएको ना ५ ख ७३१९ नम्बरको बसले रा ३ प २७२३ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक रुकुम पश्चिम जिल्ला घर भई दाङ तुलसीपुर-५ बस्ने २१ बर्षिय दिवाकर वलीको मृत्यु भएको थियोे । उनको मृत्यु भएको समयदेखि चौधरी हालसम्म फरार रहेका थिए ।आज पक्राउ परी सम्मानित अदालतबाट ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान कार्य भई रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।