२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु

दाङ, २७ बैशाख । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका १८ धरमपुर अक्कासी पौडी खेल्ने क्रममा रुकुमको त्रिवेणी गाउँपालिका ९ सिस्नेरी स्थायी घरभई हाल तुलसीपुरमा अध्ययनका लागि बस्दै गर्दै आईरहेका १६ वर्षीय भुपेन्द्र बिक रहेको प्रहरीले जनाएको छ । 

शनिवार माध्याह्न तुलसीपुर  १८ स्थित अम्वाखोली सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको कृत्रिम तालमा साथीहरू पौडी खेल्ने पुगेका बिकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका जनाएको छ । मृतक बिकको शब प्रादेशिक अस्पताल तुलसीपुर लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ बैशाख २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस