दाङ, १६असार । दाङको तुलसिपुर उपमहानगरपालिका–१४ निवासी ३८ वर्षीय चन्द्र मगरलाई १५ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई लोभ लालच देखाई, धम्क्याउँदै चन्द्र मगरले आफ्नै घरमा लगेर करणी गरेको भन्दै पीडित बालिकाको आमालाई जानकारी गराएकी थिईन । आफन्तले इलाका प्रहरी कार्यालय तुलसीपुरमा लिखित उजुरी दिएकी थिइन् ।
उजुरी प्राप्त भएलगत्तै खटिएको प्रहरी टोलीले आरोपी चन्द्र मगरलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको हो । हाल उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेर घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ असार १६ गते सोमवार