२०८२ माघ १९ गते आइतवार | 2026 February 1st Sunday

सिस्ने गाउँपालिकामा कार्यरत शाहि मृत अवस्थामा फेला

रुकुम पूर्व, २८ असार । रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत एक महिला कर्मचारी मृत अवस्थामा फेला परेकी छन् ।
सिस्ने गाउँपालिकाको कार्यालय सिस्ने – ६ खोपिचारकी २३ बर्षीया कोईली शाही झुण्डिएको अवस्थामा कोठा भित्र मृत अवस्थामा फेला परेकी हुन । शाही सिस्ने–५ मा डेरामा बस्दै आएकी थिइन् । उनी आफैँले चुकुल लगाएको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

स्थानीयले लामो समयसम्म ढोका नखुल्दा शंका गरी प्रहरीलाई खबर गरेका थिए । प्रहरीको उपस्थितिमा ढोका फोडेर हेर्दा शाही मृत अवस्थामा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । अविवाहित शाही सिस्ने गाउँपालिकाको कार्यालयमा करार सेवामा कार्यरत थिइन् । घटनाको कारण खुल्न नसकेकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

प्रकाशित मिति : २०८२ असार २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस