दाङ, ३० असार । दाङमा बबई नदिमा डुबेर दुईजना युवकको मृत्यु भएको छ । सोमबार दिउँसो साढे २ बजेतिर बबई गाउँपालिका ५ छहरा नजिकै बबई नदिमा नुहाउने क्रममा डुबेर बेवत्ता भएका दुईजना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिए ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-७ झुमरे निवासी १७ वर्षिय विधान केसी र तुलसीपुर-५ न्यु ज्ञानज्योति स्कुल नजिकै बस्ने १८ वर्षिय कुशल बुढामगर रहेका छन् ।
प्रकाशित मिति : २०८२ असार ३० गते सोमवार