दाङ, ५ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचिला निवासी २१ वर्षीय किरण खत्री आइतबार साँझ सितलपुर घाट नजिकै मृत अवस्थामा फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार खत्रीको शव साँझ साढे ६ बजेतिर सितलपुर घाट नजिक फेला परेको हो । शवमा कुनै पनि बाह्य चोटपटक नदेखिएको प्रहरीको प्रारम्भिक भनाइ छ ।
मृतकको शव पोष्टमार्टमका लागि तुलसीपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा राखिएको छ । पोष्टमार्टमपछि मृत्युको कारणबारे थप स्पष्ट हुने डिएसपी ठकुरीले जानकारी दिएका हुन ।
प्रकाशित मिति : २०८२ साउन ५ गते सोमवार