नेपालगन्ज, ३० साउन । बाँकेको नेपालगंज बसपार्कमा गोली चलेको छ । प्रहरीले चलाएको गोली लागेर एक जना भारतीय नागरिक भाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । घाइतेलाई नेपालगंजस्थित संजिवनी अस्पतालमा पुर्याइएको छ ।
प्रहरीका अनुसार उनी लागुऔषध कारोबारी हुन । प्रहरीले चार जना लागुऔषध कारोबारीलाई पनि नियन्त्रणमा लिएको छ ।
बाँकेका प्रहरी प्रमुख एसपी रामप्रशाद घर्तीका अनुसार असई नबिन शाहीपनि घाइते भएका छन् । उनी माथि चक्कु र सिशाको बोत्तल प्रहार भएको छ । लागु औषधको कारोबार भइ रहेको सूचनाको आधारमा पुगेको प्रहरी टोली माथि आक्रमण भएपछि प्रहरीले प्रतिकारमा गोली चलाउनु परेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रवार