२०८२ फाल्गुन ३० गते शनिवार | 2026 March 14th Saturday

तुलसीपुरमा ५५ युवा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश, मास्कीको भनाई – “गर्न सक्ने प्रतिबद्धता मात्रै गर्छु”

दाङ, १८ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ अन्तर्गत जितपुर क्षेत्रका ५५ जना युवा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । स्थानीयस्तरमा आयोजित एक कार्यक्रमका बीच नवप्रवेशी युवाहरुलाई पार्टीका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं. ३ का उम्मेदवार धनबहादुर मास्की (राजेश) ले पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन् ।

कार्यक्रममा बोल्दै मास्कीले युवाहरूको सक्रिय सहभागिता बिना समृद्ध समाज निर्माण सम्भव नहुने उल्लेख गरेका हुन । उनले पार्टीले युवालाई नेतृत्व विकास, रोजगारी सिर्जना, सीप विकास र सामाजिक परिवर्तनका अभियानमा अग्रसर बनाउने नीति लिएको बताएका हुन ।

“हामीले जनतालाई असम्भव आश्वासन दिने होइन, गर्न सकिने कामको स्पष्ट प्रतिबद्धता जनतामाझ लैजान्छौं,” उनले भने, “युवाको विश्वास र साथले मात्रै दाङको विकास सम्भव छ ।”

नवप्रवेशी युवाहरूले पनि पार्टीको नीति, विचार र विकासको एजेन्डाबाट प्रभावित भएर प्रवेश गरेको बताएका थिए । उनीहरूले आगामी दिनमा संगठन विस्तार र जनसम्पर्क अभियानलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८२ फाल्गुन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस