२०८३ जेष्ठ १७ गते आइतवार | 2026 May 31st Sunday

ज्ञानज्योती विद्यालयले अनाथ बालबालिकालाई निशुल्क शिक्षा दिने

दाङ, २७ चैत । ज्ञानज्योती माध्यामिक विद्यालय तुलसीपुरले कक्षा १२ का विद्यार्थीहरुलाई आज एक कार्यक्रमका बिच विदाई गरेको छ । विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको आयोजना भएको विदाई कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायीका शान्तीश्री परियारले सांगेतिक प्रस्तुती राखेकी थिईन । कक्षा ११ मा अध्ययनरत बर्शाङक पोख्रेलको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाका शिक्षा अधिकृत मन बहादुर खड्काको प्रमुख आतिथ्यता तथा आईएसटीका शिक्षा विद नरेन्द्र बज्राचार्यको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि खड्काले विदाई भएर जान लागेका विद्यार्थीहरुको उज्वल भविस्यको शुभकामना व्यक्त गरेका हुन । विद्यालयका सिईओ सुरेन्द्र जिसीले आगामी नयाँ शैक्षिक सत्रदेखी भर्ना हुने अनाथ बालबालिकालाई निशुल्क शिक्षा दिने बताएका हुन ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै उहाले विगत देखी यस्ता बालबालिकाहरुलाई निशुल्क शिक्षा दिदै आएको र आगामी शैक्षिक सत्र देखी पनि निरन्तरता दिने उनले बताएका हुन । कार्यक्रममा आईएसटी कलेजका प्रिन्सिपल सम्झना बस्नेत लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार सन्तोष केसीले गरेका थिए ।

प्रकाशित मिति : २०८२ चैत्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस