दाङ, २७ चैत । प्लसटु परीक्षा नजिकिँदै जाँदा शान्त र व्यवस्थित अध्ययन वातावरणको आवश्यकता महसुस गरिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै ग्लोबल करियर काउन्सिलले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क अध्ययन स्थल उपलब्ध गराउने घोषणा गरेको छ ।
काउन्सिलका अनुसार प्लसटु दिन लागेका विद्यार्थीहरूका लागि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म अध्ययन गर्न मिल्ने सुरक्षित, शान्त र उपयुक्त स्थान व्यवस्था गरिएको छ । यो सुविधा परीक्षा अवधिभर लागू रहनेछ ।
ग्लोबल करियर काउन्सिलले पहिलो चरणमा ५० जना विद्यार्थीका लागि मात्र यो अवसर उपलब्ध गराउने जनाएको छ । सीमित सिट भएकाले इच्छुक विद्यार्थीहरूले समयमै सम्पर्क गरी आफ्नो स्थान सुनिश्चित गर्न आग्रह गरिएको छ ।
काउन्सिलका प्रतिनिधिका अनुसार धेरै विद्यार्थीहरू घरको वातावरण, भीडभाड, बिजुली तथा अन्य कारणले प्रभावकारी रूपमा पढ्न नसकिरहेको अवस्थालाई ध्यानमा राख्दै यो पहल गरिएको हो । “विद्यार्थीहरूको भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत यो व्यवस्था मिलाइएको हो ।
