दाङ, ६ बैशाख । तुलसीपुर ७ झुमरेस्थित हाम्रो पहुँच सेकेण्डरी स्कुलले कक्षा १२ का विद्यार्थीलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ११ का विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रममा शिक्षा अधिकृत मनबहादुर खड्काले उज्ज्वल भविष्यको कामना गर्दै स्पष्ट लक्ष्यका साथ अघि बढ्न सुझाव दिएका थिए ।
सहकारीका अध्यक्ष शुक्रराज भण्डारीले व्यवहारिक सीपसहित स्वदेशमै अवसर खोज्न आग्रह गरेका थिए भने प्याव्सन तुलसीपुरका अध्यक्ष डम्मर डाँगीले सफलताका लागि निरन्तरता आवश्यक रहेको बताएका थिए । विद्यार्थीहरुले सिकेका सीप व्यवहारमा लागू गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रकाशित मिति : २०८३ बैशाख ६ गते आइतवार