२०८३ साउन २९ गते शुक्रवार | 2026 August 14th Friday

मानबहादुर श्रेष्ठ बन्ने राष्ट्रिय पुरुष भलिबल टोलीको ११ औं कप्तान

नेपाल भलिबल संघले नेपाली राष्ट्रिय टोली स्पाइकर मानबहादुर श्रेष्ठ लाई नेपालको राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तान चुनेको छ।

गत साता त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेलमा भएको विवादमा मुछिएपछि संघले कप्तानबाट हरिहजुर थापालाई पदमुक्त गरे संगै मानबहादुर श्रेष्ठलाई नयाँ कप्तान चुनेको हो ।

शनिबारबसेको कार्यसमितिको बैठकले हरिहजुर थापालाई पदमुक्त गरिएको उक्त निर्णयपछि सोमबार नै कार्यसमितिले नयाँ कप्तानमा श्रेष्ठलाई चयन गरेको हो । नेपालले अब मानबहादुरकै कप्तानीमा एसियाली खेलकुदमा सहभागिता जनाउने बताएको छ ।

त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका मानबहादुर ८ वर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आएका छन् । २६ वर्षीय ओपन स्पाइकरले यसअघि राष्ट्रिय बीच भलिबल टोलीको कप्तानी गर्दै सफलता पनि दिलाएको अनुभव अनिमा रहेको छ । उनले यसअघि आर्मीको कप्तानी पनि गरिसकेका छन् ।

प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस