२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

प्यूठानमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

प्यूठान, १५ असोज । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा नगरपालिका ३ खुमले बस्ने २९ वर्षीय सुरेन्द्र विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विकले ती महिलालाई गत भदौ १४ गते दिउँसो स्वर्गद्वारी नगरपालिका ४ भिंगृ बजारस्थित एवन रेष्टुरेण्टमा खाजा खान लगि जबरजस्ती करणी गरेको र सोही कारण बस्न गएको गर्भ फाल्नुपर्छ भन्दै ललाई फकाई थाहा नभएको औषधि सेवन गर्न दिँदा गर्भ खेर गएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भिंग्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस